लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वसहितका आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरूको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुने अवस्थाबाट रोक्नको लागि सरकारले यो सेवा सुरु गरेको बताए । उनका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको छ ।
प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको बताए ।
गृह मन्त्रालयले ‘घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति तस्बिर, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उल्लेख छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०(८१ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?