विवाह गर्छु भन्दै १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
मङ्गलबार, २३ माघ २०८०, १८ : १३

दाङ । दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई ललाई फकाई गरी विवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
-
अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा
-
प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त
-
एकदिवसीयमा कहिल्यै भुल्न नसकिने म्याक्सवेलका ती १० इनिङ्स