आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

स्काउटको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी

मङ्गलबार, २३ माघ २०८०, १८ : ३८
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

नेपाल स्काउटको तदर्थ समितिले आगामी माघ २७ गतेका लागि नेपाल स्काउटको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । नयाँ समिति चयन गर्न हुन लागेको निर्वाचन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशनपछि तदर्थ समितिका अध्यक्ष रहेका लोक बहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन प्रक्रियालाई अवरोध नगर्न अन्तरिम आदेशको माग गरेका थिए । 

सोही रिटमाथि मंगलबार भएको प्रारम्भिक सुनुवाइमा निर्वाचन तालिका यथा अवस्थामै राख्न विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि बोलाएको हो । 

सर्वोच्चले अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा दुई दिनको समय दिएर आगामी माघ २५ गतेको पेसी तोकेको छ । विपक्षीको तर्फबाट लिखित जवाफ नआए पनि माघ २५ गते सुनुवाइ भई अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा सुनुवाइ हुन लागेको हो ।

यस मुद्दासँगै अन्य नेपाल स्काउटको सम्बन्धमा अदालतमा रहेका पाँचवटा मुद्दालाई एकैसाथ राख्न समेत आदेश भनिएको छ ।

415991370_289734070478653_7771295424255171667_n423036373_320634073763661_4747459845697725742_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप