फागुनभित्रै कर्णालीमा आन्तरिक हवाई उडान सुरु गर्ने तयारी
सुर्खेत । कर्णाली प्रदेशमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि तयारी भइरहेको छ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो ।
त्यसका लागि कर्णालीको निजी क्षेत्र, प्रदेश सरकार र प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले निरन्तर पहल गरिरहेका छन् । सबैको आग्रहलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगमले आन्तरिक हवाई सेवा विस्तारका लागि पहल थालेको छ ।
फागुन महिनाभित्रै हवाई उडान सेवा सुचारु गर्ने गरी तयारी भइरहेको बताइएको छ । मंगलबार मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेश कुमार मरिता, नेपाल वायु सेवा निगमका इन्जिनियरिङ मेन्टेन्यास डिपार्टमेन्टका म्यानेजर देवेन्द्र पुन, नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख राजन ढुङ्गेल लगायतले सुर्खेत विमानस्थलको अनुगमन समेत गरेका छन् ।
मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माण निर्माण लगायतको क्षेत्रमा सहयोग गरिने बताए । ‘आन्तरिक उडान थप गरेर कर्णालीका जनताको जीवनयापनमा सहज बनाउन प्रदेश सरकार सहयोग गर्न तयार छ,’ शर्माले भने, ‘प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।’
नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेश कुमार मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा उडान कार्य सुरु गरिने बताए ।
कर्णालीभित्र आन्तरिक उडान नहुँदा हिमाली जिल्लाका नागरिकहरू लुम्बिनी प्रदेशको नेपालगन्ज हुँदै सुर्खेत आउनुपर्छ । सुर्खेतबाट नै आन्तरिक उडान सुचारु भए उक्त बाध्यताको अन्त्य हुने छ । कुनै बेला जुम्ला विमानस्थलबाट सुर्खेतमा साना जहाज उडान भर्थे । बिचमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण