बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु
बुधबार, २४ माघ २०८०, १९ : ५०
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए । मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण