बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
कहाँ छन् शान्तिबाटिकाबाट हटाइएका पीडितहरू ? (फोटो कथा)
पीडितका पीडा

कहाँ छन् शान्तिबाटिकाबाट हटाइएका पीडितहरू ? (फोटो कथा)

बिहीबार, २५ माघ २०८०

काठमाडौँ । विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका मिटरब्याजीलगायतका पीडितलाई त्यहाँबाट पनि हटाइएपछि अलपत्र परेका छन् ।  मिटरब्याजी पीडितसँगै आरती साहको न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि माइतीघरको निषेधाज्ञा पछि शान्तिबाटिका बसेर न्याय माग्दै आएका थिए । 

मंगलबारबाट शान्तिवाटिकाबाट हटाइएपछि उनीहरू कहाँ जाने भन्ने अन्योलमा परेका छन् । काठमाडौँ महानगरले शानितबाटिकाबाट निकालेपछि पीडितहरू बाहिर सडक छेउको फुटपाथमा धर्ना दिइरहेका छन् । 

शान्तिबाटिका नछोड्ने अठोटका साथ उनीहरू फुटपाथमै चिसो रात काटिरहेका छन् । बिहानको खाना होस या रातिको, उनीहरू फुटपाथमै पकाएर खाने र त्यही सुत्ने गरेका छन् ।  थप तस्बिरबाट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया