चिनियाँ वैज्ञानिकहरूले बनाए ‘एआई’ बालिका
बेइजिङ । चीनमा वैज्ञानिकहरूको एक समूहले एआई बालिका बनाएका छन् । यो बालिकाले तीन वा चार वर्षको मान्छेको बच्चाले जस्तै व्यवहार देखाउँछिन् । तोङ तोङ अर्थात् फुच्ची केटी नाम राखिएको यी बालिका विश्वको पहिलो एआई बालिका हुन् । यसलाई आर्टिफिशियल जनरल इन्टेलिजेन्स (एजीआई)को बाटोमा ठुलो कदम मानिएको छ ।
यी बालिकालाई फ्रन्टियर्स अफ जनरल आर्टिफिशियल इन्टेलिजेन्स टेक्नोलाजी एक्जिबिशनमा सार्वजनिक गरिएको थियो । यो नयाँ एआई मोडल स्वतः सिक्न सक्षम छ । यसमा अहिलेसम्म विकास भएका एआईमा नदेखिएको भावनात्मक संलग्नता देख्न पाइने बताइएको छ । यसको निर्माण बेइजिङ इन्ष्टिच्यूट फर जनरल आर्टिफिशियल एन्टेलिजेन्स (बीआईजीएआई)ले गरेको हो । मानिसहरूसँगको अन्तरक्रियामा तोङतोङले नियमित रुपमा आफ्नो सिप सुधारिरहेकी छिन् । मानव बच्चाले झैं उनले पनि के गलत के सही हो भनेर छुट्टाउन सक्छिन् ।
विभिन्न अवस्थामा बेग्ला बेग्लै भाव देखाउँछिन् । गएको महिना बेइजिङमा भएको प्रदर्शनीमा आगन्तुकहरूले तोङतोङसँग अन्तरक्रिया समेत गरेका थिए । प्रोग्रामिङका आधारमा फुच्ची केटीले देखाएका व्यवहारहरू पनि निरीक्षण गर्न पाएका थिए । तोङतोङले आफ्नै मूल्य र विचारका आधारमा स्वतन्त्र भएर आफैँ काम गर्छिन् । जसले गर्दा उनी एआईका अन्य सृजना भन्दा फरक छिन् । उनी आफैँ सिक्न सक्षम भएको अनि आफ्नै हिसाबले रमाउने, रिसाउने अनि दुःख व्यक्त गर्ने गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण