श्रमिक कलाकारको पारिश्रमिकका लागि कार्यविधि बन्ने
काठमाडौँ । नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकको पारिश्रमिक तय गर्न नयाँ कार्यविधि ल्याइने भएको छ । कलाकारहरूको श्रमको उचित मूल्य निर्धारण गर्न हुन नसकेको भन्दै कार्यविधि ल्याउने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले बताइन् । ‘अब चाँडै नै प्रतिष्ठानले कलाकारहरूको योगदानको आधारमा वर्गीकरण गर्नेछ’, शर्माले भनिन्– ‘वर्गीकरणको आधारमा उनीहरूको गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्यूनतम पारिश्रमिक तय हुनेछ ।’
कार्यक्रममा फावनका मानार्थ सदस्य माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा फावनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैमा गीत लेखाउने क्रम जारी रहेको बताए । पैसा दिए पनि अत्यन्त कम दिन गरेको उनको कथन थियो ।
त्यस्तै फावनको उपाध्यक्ष ऋषिराज आचार्यले कलाकारहरूको पारिश्रमिक देखि अन्य कुरालाई समायोजन गर्न सङ्गीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनुपर्ने सुझाव दिए ।
सङ्गीतकार दीपक शर्माले सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले सङ्गीतकर्मी कलकारहरूको धेरै समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताए । प्रतिष्ठानले स्थानीय निकायमा गएर मौलिक गीत सङ्गीतलाई चाँडोभन्दा चाँडो संरक्षण नगरे एक दशकपछि ती मौलिक गीत सङ्गीत, बाजाहरू लोप हुने सुझाव दिए ।
फावनका सहकोषाध्यक्ष प्रवीण भुसाल, फावनकी उपाध्यक्ष सरिता भारती, उपाध्यक्ष दयाराम घिमिरेले, कलाकार झुमा लिम्बु, मानार्थ सदस्य राजेन्द्र बजगाईँ लगायतले पारिश्रमिकको गुनासो पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण