पोखरामा फागुन ३ देखि लिटरेचर फेस्टिभल
पोखरा । पोखरामा फागुन पहिलो साता साहित्यको कुम्भ मेला हुने भएको छ । लिटरेचर फेस्टिभलको ११ औँ संस्करण फागुन ३ देखि ७ गतेसम्म फेवा किनारमा हुन लागेको हो । फेस्टिभलमा देश विदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिक, लेखक, पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।
५५ भन्दा बढी सेसन र सांगीतिक कार्यक्रम आयोजना हुने आयोजक बुकवर्म फाउण्डेसनले जनाएको छ । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको सहभागिता समेत हुने पत्रकार केशवशरण लामिछानेले जानकारी दिए । उनका अनुसार प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट, विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी लगायत उपस्थित हुनेछन् ।
यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने छ । फेस्टिभलमा फागुन ४ देखि ७ गतेसम्म बिहान १० देखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् । कार्यक्रमको तयारी तीव्र भइरहेको आयोजक तथा पत्रकार भरत कोइरालाले जानकारी दिए । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल पोखरा सारिएको हो । अहिले महोत्सव पोखराको पर्यावाचीको रुपमा स्थापित भइरहेको निर्देशक निरज भारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण