सशस्त्रका १ सय जना एसपीको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री, गण नम्बर–३ मोरङमा विश्वबन्धु खड्का र गण नम्बर–१२ बारामा सन्तोष बहादुर सिंहलाई पठाइएको छ ।
सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण–२०८० स्वीकृत भएपछि नयाँ बढुवा भएका सिसम–३, सिनियर ब्याच सिसम–२ र विभागिय टोलीका एसपीहरुले कमाण्ड पाएका छन् । यसपटकको सरुवामा ४१ जना एसपीले गणको कमाण्ड पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण