रुकुम पश्चिममा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन
रुकुम पश्चिम । रुकुम पश्चिममा समाजवादी मोर्चा नेपालको जिल्ला संयोजन समिति गठन भएको छ ।
शुक्रबार मुसिकोटमा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठकले मोर्चा गठन गरेको हो ।
माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनको संयोजकत्वमा ६ सदस्यीय जिल्ला समिति गठन भएको हो । मोर्चाको सदस्यहरुमा माओवादी केन्द्रबाट प्रदेश समिति सदस्य राधा रोकाय, एकीकृत समाजवादीबाट जिल्ला उपाध्यक्ष एवं केन्द्रीय परिषद् सदस्य माधव प्रसाद गौतम र जिल्ला सचिव सुरज परियार, नेकपाबाट केन्द्रीय सदस्य चन्द्र सी र जिल्ला सचिवालय सदस्य अनिता सी रहेका छन् । समितिको संयोजकत्व समाजवादी मोर्चा नेपालको कार्यविधि २०८० बमोजिम आलोपालो प्रणाली अनुसार हुने भएको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवी ओली र जिल्ला अध्यक्ष विमल कुमार पुन, माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि प्रसाद शर्मा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सक्रेटरी हरि सी लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण