सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जहाँ खान पाइन्छ जुनारका १० परिकार
जुनार मेला

जहाँ खान पाइन्छ जुनारका १० परिकार

शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेपालमा जुनार भन्ने बित्तिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ । जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ । यही सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरूमा ल्याउनका लागि ललितपुरको कुपण्डोलस्थित रैथानेमा दोस्रो जुनार मेला आयोजना गरिएको छ । रैथाने र ग्रिन ग्रोथको सहकार्यमा आयोजना गरिएको सो मेलामा सिन्धुलीमा उत्पादित जुनार र सो जुनारबाट तयार पारिएका विभिन्न परिकारहरू खान पाइनेछ । 

junar (1)

ग्रिन ग्रोथले सिन्धुलीको जुनारलाई बजारीकरण गर्न निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले सिन्धुलीमा उत्पादित जुनारलाई क्युआर मार्फत ट्रयाकिङ गर्ने र उपभोक्तामाझ सक्कली उत्पादन पुर्‍याउने काममा प्रविधिको प्रयोग गरेको छ । जसका कारण उपभोक्ता नठगिने गिन ग्रोथका सौरभ ढकालले बताए ।

junar (8)

मेलामा जुनारबाट बनेका विभिन्न दश परिकारहरू खान पाइनेछ, जसमा जुनार साधेको, जुनार केक, जुनार जेली, जुनारको जुस, स्पाइस्ड हट् जुनार जुस भने विशेष रहेको छ । यति मात्र नभई रैथानेमा अब माथि उल्लेखित सम्पूर्ण परिकारहरू दैनिक मेनुमा नै रहने कुरा समेत उनले बताए । सो मेला माग २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ । यससँग सम्बन्धित तस्बिरहरू :

junar (2)junar (3)junar (4)junar (5)junar (6)junar (7)junar (9)junar (10)junar (11)junar (12)junar (13)junar (14)junar (15)junar (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया