राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
सारांश
- नेपाल विशेष सेवा ऐन, २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रतिनिधि सभामा पेस गरिएको छ ।
- राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत नै रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ मा संशोधन गरिएकाले उक्त विधेयक ल्याइएको हो ।
- कानुनमन्त्री गौतमले नेपालको सुरक्षा कायम राख्न पनि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने बताएकी छन् ।
काठमाडौँ । नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रतिनिधि सभामा पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रस्ताव पेस गरेकी हुन् ।
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत नै रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ मा संशोधन गरिएकाले नेपालको सुरक्षा कायम राख्न पनि त्यसलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने भएकाले उक्त विधेयक ल्याउनु परेको कानुनमन्त्री गौतमले स्पष्ट पारिन् ।
विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री गौतमले भनिन्, ‘सूचनाको सङ्कलन तथा विश्लेषणसहित राष्ट्रिय अनुसन्धान विभागबाट सम्पादन हुने कार्यको लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतका अन्य निकायहरूको समेत समन्वय भई सूचनाको विश्लेषण हुँदै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ संशोधन भई राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय रहने गरी व्यवस्था गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भई नेपाल विशेष सेवा ऐनमा संशोधन भएकोमा नेपालको आन्तरिक तथा बाह्य सूचनाको विश्लेषण गर्न राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत नै रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावलीको २०८३ मा संशोधन भएको हो । नेपालको सुरक्षा कायम राख्न पनि त्यसलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने भएकाले यसलाई सभा समक्ष पेस गर्दछु ।’
सोमवारकै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पनि स्वीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण