सत्तारुढ दलका नेताहरूको सम्पत्ति सार्वजनिक गरे मुख्य समस्या समाधान हुन्छ : विप्लव
बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तारुढ दलमा रहेका नेताहरूको सम्पत्ति सार्वजनिक गर्दा अहिले बाहिर आएको मुख्य समस्या समाधान हुने बताएका छन्।
शनिवार बुटवलमा पार्टीको अन्तर संवाद कार्यक्रममा बोल्दै विप्लवले माओवादी आन्दोलनबाट जन्मेर अहिले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरूबाट त्यसको सुरुवात गर्नुपर्ने बताए ।
‘हिजो जनयुद्ध गरेर सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रका सबै नेता कार्यकर्ताहरूको सबै सम्पत्ति सार्वजनिक गरे समस्याको जड पत्ता लागिहाल्छ,’ उनले भने, ‘पैसाको चलखेल भएकैले राजनीति बिग्रेको हो ।’
रकमको लेनदेनले राजनीति ध्वस्त बनाएको बताउँदै उनले कम्युनिस्टहरू सत्तामा पुगेपछि बिग्रेका धेरै प्रमाण रहेको जिकिर गरे। देशका धेरै नागरिकले भरोसा गरेका कैयन माओवादीका नेताहरू सत्ता लिप्सा र स्वार्थका कारण बिग्रेको र पार्टी पनि उनीहरूको योजनामा अघि बढेको उनको विश्लेषण थियो ।
उनले अहिलेको अवस्थामा आफूहरूले नेपाली मोडलको वैज्ञानिक समाजवादबाट मुलुकलाई अगाडि बढाउन सकिने पार्टीको स्पष्ट धारणा रहेको बताउँदै कुनै न कुनै माध्यमबाट नेपाली जनताको सेवा गरेर देखाउने दृढ सङ्कल्पका साथ अगाडि बढेको बताए । अहिले देशमा दुई मुख्य विषयलाई हेर्ने प्रस्ट धारणाहरू अन्य पार्टीमा समस्या रहेको उनको तर्क छ ।
उनका अनुसार सबैभन्दा उत्तम व्यवस्था वैज्ञानिक समाजवाद भएको र त्यसको नेपाली मोडल आफूहरूले तयार गरेको उनले बताए । नेता विप्लवले चार मित्र शक्ति र चार मित्र वर्ग बनाएर जाने पार्टीको स्पष्ट रणनीति रहेको बताए ।
उनले अहिले नेपाली संस्कृतिमाथि चौतर्फी हमला भइरहेकाले यसको रक्षा गर्नुपर्ने बताउँदै जनताको सेवामा हुने सबै संस्कृति स्वीकार गरिने तर नेपाली लुटिने गरिने नौटङ्की सह्य नहुने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण