समाचार
ललितपुरको इमाडोलमा आमा र दुई नाबालकको मृत्यु
शनिबार, २७ माघ २०८०, २२ : १४
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो । तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
रविनालाई उद्धार गर्न जाँदा उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी अचेत अवस्थामा भेटिए । उनीहरुलाई पनि उद्धार गरेर अस्पताल ल्याएको र उपचारको क्रममा दुई नाबालकको किष्ट अस्पतालमा मृत्यु भएको एसएसपी खनालले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण