मोबाइल चार्जमा कति बेला राख्ने ? तपाईँले पनि चार्जिङमा गल्ती पो गरिरहनु भएको छ कि ?
काठमाडौँ । अहिले मोबाइलमा अनेकौँ एडभान्स फिचर पाइन्छ । मोबाइलको आवश्यकता यति बढेको छ कि मानिसहरू अलिकति ब्याट्री घटेको देख्ने बित्तिकै बारम्बार चार्जमा राखिहाल्छन् । तर के यस्तो गर्नु ठिक हो त ? मोबाइललाई कति बेला चार्जमा राख्नु पर्छ ? ब्याट्री कति प्रतिशत भयो भने चार्जमा राख्नु पर्छ भन्ने कुरा निकै कम मान्छेलाई मात्रा थाहा छ ।
फोनको ब्याट्रीको स्वास्थ्यलाई बिग्रन नदिने हो भने ब्याट्री २० प्रतिशत हुँदा चार्जमा राखेर ८० वा ९० प्रतिशत चार्ज भएपछि निकाल्नु पर्छ । फास्ट चार्जिङ प्रयोग गर्नेहरूका लागि त यो झनै महत्त्वपूर्ण छ । किनकि ब्याट्री रातो भएर सकिनै लागेपछि चार्ज गर्दा मोबाइल तात्छ अनि ८० प्रतिशत भन्दा माथि फास्ट चार्जिङ धेरै एफिशियन्ट हुन्न । तर ब्याट्री ओभरचार्ज हुँदा केही जोखिम भने हुन्न ।
हिजोआजका फोनमा ब्याट्रीको हेल्थका लागि भनेर यस्ता कयौँ इन–बिल्ट फिचरहरु राखिएको हुन्छ जसले शून्य प्रतिशतमा चार्ज झर्नु अघि नै मोबाइललाई बन्द गरिदिन्छ । तपाईँ फोनलाई लामो समयसम्म प्रयोग नगर्ने योजना गर्दै हुनुहुन्छ भने आधा मात्रै चार्ज गर्नु उत्तम विकल्प हो । लामो समय नचलाईकन राखिने फोनहरूलाई ६÷६ महिनामा खाली गर्न र ब्याट्रीलाई बिग्रन नदिन ५० प्रतिशतसम्म मात्रै चार्ज गर्न एप्पलले सुझाव दिएको छ ।
क्षतिबाट बच्नका लागि कम्पनीले मोबाइल फोनको ब्याट्रीलाई चिसो, सुख्खा ठाउँमा राख्न अनुरोध गरेको छ । फोन र ब्याट्री दुबैका लागि सस्ता चार्जरहरू असुरक्षित छन् । यस्ता चार्जरमा कम्पोनेन्टहरू राम्ररी इन्सुलेटेड गरिएका हुँदैनन् । जसका कारण बाथरुम जस्ता आर्द्रता धेरै भएका ठाउँमा चार्जमा राख्दा फोन सर्ट सर्किट र आगो लाग्ने जोखिम धेरै नै हुन्छ । कमसल वा नक्कली चार्जर प्रयोग नगर्न र फोन किन्दा साथमा आउने चार्जर मात्रै प्रयोग गर्नु पर्छ भनेर सुझाव दिइने कारण यो पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण