म्यानमार सेनामा युवालाई २ वर्ष सेवा अनिवार्य
यङ्गुन । म्यानमारको जुन्ता सरकारले सेनामा युवाहरूको सेवालाई अनिवार्य बनाएको छ । सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले आइतबार समाचार छापेको छ । देशका कयौँ स्थानमा सरकार र सशस्त्र विद्रोहीहरूबिच लडाई जारी छ ।
यी द्वन्द्वहरू नियन्त्रणमा ल्याउन अहिले सरकारलाई धौ धौ भइरहेको छ । सरकारी सेनाका जवानहरू भाग्ने प्रवृत्ति पनि देखिन थालेको छ । यस्तोमा १८ वर्षदेखि ३५ वर्षबिच सबै पुरुष र १८ देखि २७ वर्षबिचकी सबै महिलाले २ वर्षसम्म सेनामा भर्ती भएर देशको सेवा गर्नु पर्ने कानुन लागू गरेको छ ।
अहिलेको आपत्काल जारी नै रह्यो भने सेवाको अवधि बढाएर वर्ष पुर्याउन सकिने बताइएको छ । सन् २०२१ मा कु भएपछि निर्वाचित सरकार सत्तामा आएयता म्यानमारमा राजनीतिक अवस्था अस्तव्यस्त छ । तीन अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँगको युद्धमा सेनाले ठुलो क्षति बेहोरिरहेको छ ।
सेनाको अभाव हुन थालेपछि सरकारसामु गैर–सैन्यहरूलाई समेत सेनामा समावेश गर्नुपर्ने स्थिति छ । देशको रक्षा गर्ने र बचाउने दायित्व सेनाको मात्रै नभएर सबै नागरिकहरूको पनि भएको सरकारका प्रवक्ताले सरकारी सञ्चारमाध्यममा भनेका थिए ।
म्यानमारले सन् २०१० मा नै सेनामा अनिवार्य सेवासम्बन्धी कानुन ल्याएको थियो । तर अहिलेसम्म सो कानुन लागू भने भएको थिएन । यो कानुन नमान्नेले ५ वर्षसम्म जेल सजाय पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण