नेपाल भित्र्याउन लागिएको १ करोड भारु बराबरको हेरोइनसहित २ जना पक्राउ
काठमाडौँ । भारतको उत्तराखण्ड स्पेसल टास्क फोर्स (एसटीएफ) र प्रहरीले अन्तर्राष्ट्रिय बजारमा एक करोड भारतीय रुपैयाँ बराबरको हेरोइनसहित रुद्रपुर सहरबाट दुई जनलाई पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १ केजी बराबरको सो हेरोइन नेपाल पठाउने तयारी गरिएको थियो ।
नेपाल–भारत सीमामा ठुलो मात्रामा लागूऔषधको कारोबार हुन लागेको सूचनाको गोप्य सूचनाको आधारमा एसटीएफ र खातिमा प्रहरीले संयुक्त अपरेसन चलाएको थियो । भान खाण्डी महादेव मन्दिर नजिकैबाट शंकास्पद दुई जनालाई पक्राउ गर्दा उनीहरूको साथबाट १ केजी हेरोइन बरामद गरिएको थियो ।
सोधपुछका दौरान उनीहरूले बरेलीबाट आएको र सो हेरोइन नेपालका लागूऔषध तस्करलाई बुझाउन लागेको खुलाएका थिए । पक्राउ पर्ने दुई जना सागिर अहमद र बाबु रहेका छन् । उनीहरू दुवै उत्तर प्रदेशको बरेलीस्थित अलिगञ्जका बासिन्दा हुन् ।
दुई जनाले नेपालका लागूऔषध तस्करसँग खातिमामा भेट्ने योजना भएका थिए । प्रहरीले उनीहरूलाई हेरोइन दिने डिलरको बारेमा सोधपुछ गरिरहेको बताएको छ । उनीहरूले लामो समयदेखि उत्तराखण्ड, नेपाल र उत्तर प्रदेशमा हेरोइन सप्लाई गर्दै आएको पनि खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण