सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री

आइतबार, २८ माघ २०८०, १५ : ५६
आइतबार, २८ माघ २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा प्रहरी अधिकृतहरुले दोस्रो चरणको अनुसन्धान भइरहेको बताउँदै आएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो चरणको अनुसन्धानबाट ‘थप प्रमाण नआएको’ संसदीय समितिलाई जानकारी गराए । आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा श्रेष्ठले सो कुरा बताएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहले आरजु देउवा र मन्जु खाणको नाम लिएको बारे प्रश्न गरे । उनले सोधे,‘अडियो बाहिर आए अनुसारका हाइप्रोफाइल अनुसन्धान दायरमा किन आएनन् ?’ 

जवाफमा मन्त्री श्रेष्ठले अडियोमा नाम लिएका आइप्रोफाइलविरुद्ध ‘प्रमाण नभेटिएको’ जवाफ दिएका छन् । बैठकमा श्रेष्ठले भने,‘अडियोको आधारमा मात्र प्रमाण हुँदैन, तथ्य अहिलेसम्म आएको छैन ।’

दुईजनाको बिचमा अर्को व्यक्तिबारे भएको अडियो कुराकानीलाई प्रमाण मानेर मुद्दा चलाउन नमिल्ने श्रेष्ठको भनाई छ । उनले भने,‘त्यस्तो अडियोलाई प्रमाण मानेर मुद्दा चलाउँदा भोली के अवस्था आउला ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप