सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अभियानमा तीन प्रवृत्ति देखिएको माओवादी इन्चार्जहरूको रिपोर्टिङ

आइतबार, २८ माघ २०८०, २३ : ०७
आइतबार, २८ माघ २०८०

काठमाडौँ । माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय समिति बैठक सबै प्रदेश इन्चार्ज र अध्यक्षले माओवादी विशेष चार महिने रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरी सकिएको छ ।

बैठकमा सम्बन्धित प्रदेश इन्चार्जहरूले अभियानमा नेता तथा कार्यकर्ताहरूमा तीन प्रवृत्ति देखिएको ब्रिफिङ गरेका थिए  । पहिलो तहमा इमान्दार भएर काम गर्ने, दोस्रो अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने प्रवृत्ति देखा परेको इन्चार्जहरूले रिपोर्ट पेस गरेका थिए । इन्चार्जहरूबाट आएका रिपोर्टका सम्बन्धमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । चार महिने अभियानले नेताहरूको कामको मुल्याङ गर्ने आधार बनेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकमा वर्ग छोड्दा पार्टी कमजोर भएको हो कि भन्ने धारणा आएको उनले जानकारी दिए ।

‘पहिला वर्ग दृष्टिकोण स्पष्ट र सुव्यवस्थित हुँदा बलियो भएको तर पछिल्लो समय वर्ग छोडेकाले पार्टी कमजोर भएको धारणा राखेका छन् । तर समग्रमा ७५ प्रतिशत कार्यकर्ता परिचालन भएका छन् । ती कार्यकर्ताको सक्रियताले पार्टीलाई उत्साह जगाएको छ’, सापकोटाले भने ।

अभियानमा खड्दै नखट्ने नेताहरूमाथि कारबाही र पार्टीको नीति, विधि र प्रक्रियामा रहेर काम गर्ने नेता तथा कार्यकर्तालाई प्रोत्साहनमा पार्टीले ध्यान दिने प्रवक्ता सापकोटाले बताए । यसअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले काम नगर्ने नेताहरूमाथि कारबाही हुने चेतावनी दिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप