अभियानमा तीन प्रवृत्ति देखिएको माओवादी इन्चार्जहरूको रिपोर्टिङ
काठमाडौँ । माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय समिति बैठक सबै प्रदेश इन्चार्ज र अध्यक्षले माओवादी विशेष चार महिने रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरी सकिएको छ ।
बैठकमा सम्बन्धित प्रदेश इन्चार्जहरूले अभियानमा नेता तथा कार्यकर्ताहरूमा तीन प्रवृत्ति देखिएको ब्रिफिङ गरेका थिए । पहिलो तहमा इमान्दार भएर काम गर्ने, दोस्रो अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने प्रवृत्ति देखा परेको इन्चार्जहरूले रिपोर्ट पेस गरेका थिए । इन्चार्जहरूबाट आएका रिपोर्टका सम्बन्धमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । चार महिने अभियानले नेताहरूको कामको मुल्याङ गर्ने आधार बनेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकमा वर्ग छोड्दा पार्टी कमजोर भएको हो कि भन्ने धारणा आएको उनले जानकारी दिए ।
‘पहिला वर्ग दृष्टिकोण स्पष्ट र सुव्यवस्थित हुँदा बलियो भएको तर पछिल्लो समय वर्ग छोडेकाले पार्टी कमजोर भएको धारणा राखेका छन् । तर समग्रमा ७५ प्रतिशत कार्यकर्ता परिचालन भएका छन् । ती कार्यकर्ताको सक्रियताले पार्टीलाई उत्साह जगाएको छ’, सापकोटाले भने ।
अभियानमा खड्दै नखट्ने नेताहरूमाथि कारबाही र पार्टीको नीति, विधि र प्रक्रियामा रहेर काम गर्ने नेता तथा कार्यकर्तालाई प्रोत्साहनमा पार्टीले ध्यान दिने प्रवक्ता सापकोटाले बताए । यसअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले काम नगर्ने नेताहरूमाथि कारबाही हुने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण