बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट १९ वटा खसी बाख्रा मरे

आइतबार, २८ माघ २०८०, २२ : ०५
आइतबार, २८ माघ २०८०

हेटौँडा । बाघको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा १९ वटा खसी बाख्रा मरेका छन् । बकैया गाउँपालिका वडा नम्बर–६ मा आइतबार बाघको आक्रमणबाट १९ वटा खसी बाख्रा मारेका हुन् । 
बाघको आक्रमणबाट वडाको सुधास्थित स्थानीय ३ जना कृषकको १९ वटा खसी बाख्रा मारेको बकैया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जनले जानकारी दिए ।

उनका अनुसार स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ वटा र गंगाराज भोम्जनको ३ वटा खसी बाख्रा बाघको आक्रमणबाट मारेको हो ।  नजिकै रहेको जंगलमा चर्न छोडेका खसी बाख्रा बाघको आक्रमणबाट मारिएको अवस्थामा फेला परेको उनले बताए । 

बाघले बाख्रा मारेपछी स्थानीय त्रसित बनेको उनको भनाई छ । साझ बिहान घरबाट बाहिर निस्कन डर भएको अध्यक्ष भोम्जनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप