बाघको आक्रमणबाट १९ वटा खसी बाख्रा मरे
आइतबार, २८ माघ २०८०, २२ : ०५
हेटौँडा । बाघको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा १९ वटा खसी बाख्रा मरेका छन् । बकैया गाउँपालिका वडा नम्बर–६ मा आइतबार बाघको आक्रमणबाट १९ वटा खसी बाख्रा मारेका हुन् ।
बाघको आक्रमणबाट वडाको सुधास्थित स्थानीय ३ जना कृषकको १९ वटा खसी बाख्रा मारेको बकैया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जनले जानकारी दिए ।
उनका अनुसार स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ वटा र गंगाराज भोम्जनको ३ वटा खसी बाख्रा बाघको आक्रमणबाट मारेको हो । नजिकै रहेको जंगलमा चर्न छोडेका खसी बाख्रा बाघको आक्रमणबाट मारिएको अवस्थामा फेला परेको उनले बताए ।
बाघले बाख्रा मारेपछी स्थानीय त्रसित बनेको उनको भनाई छ । साझ बिहान घरबाट बाहिर निस्कन डर भएको अध्यक्ष भोम्जनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण