फागुन ६ गते राष्ट्रपति पौडेल श्रीस्वस्थानीको दर्शन गर्न साँखु जाने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना परियार, शंखरापुर नगपालिकाका उपप्रमुख समिता श्रेष्ठ, वडा अध्यक्षहरु पोते थिङ, सहदेव श्रेष्ठ, रणबहादुर थिङले राष्ट्रपति पौडेलसँग भेटघाट गरी शालीनदी भ्रमणका लागि आग्रह गरेका छन् ।
राष्ट्रपतिले शालीनदी जाने पहिलेदेखि नै इच्छा ब्यक्त गरेपछि त्यसका लागि के के प्रवन्ध गर्नुपर्छ भन्ने सल्लाह गर्नका लागि राष्ट्रपति कार्यालय गएको सांसद गौतमले रातोपाटीलाई जानकारी दिइन् । राष्ट्रपति पौडेलले फागुन ६ गते बिहान ९ बजे शालीनदी आउने समय दिएका छन् ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शूक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिका स्थित साँखुमा १ महिना मेला लाग्ने शालीनदी मेला यो वर्ष फागुन १२ गतेसम्म सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण