बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलले दिए मेनुकालाई बधाई

सोमबार, २९ माघ २०८०, १७ : १८
सोमबार, २९ माघ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवादसहित सम्मानसमेत व्यक्त गरेका हुन् ।

मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप