बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधि प्रदर्शनीमा महानगरले पठायो उत्कृष्ट १५ समूह

सोमबार, २९ माघ २०८०, २१ : ३८
सोमबार, २९ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा सहभागी गराएको छ । 

प्रदर्शनी माघ २५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको थियो । सहभागी सोचहरुमा एक पटक केवाइसी (नो योर क्लाइन्ट) भरे पछि अन्यत्र त्यसैले काम गर्ने, सहरी सेवा प्रदायकहरुलाई एकै ठाउँमा खोज्न पाइने, पुनप्रयोग गरिने बस्तु, कपडा तथा अन्य सामग्रीबाट पुनःप्रयोगका सामान बनाउने, स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई विक्री योग्य उत्पादन बनाउने खालका प्रविधिमा आधारित सोच र उद्यम थिए ।

प्रदर्शनीमा करिब १५० स्टल राखिएका थिए । ती स्टलमा प्रविधिका बढ्दो विकाससँगै बजारमा आएका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स सामान तथा यससँग सम्बन्धित प्रविधिको प्रदर्शन गरिएको थियो । कम्प्युटर, प्रिन्टर, कम्प्युटर एसेसरिज, सफ्टवेयरहरु, सुरक्षा प्रणाली सहित नवप्रवर्तनमा आधारित वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीको अवलोकन गर्दै प्रवक्ता नवीन मानन्धरले भने, ‘हाम्रा दैनिक क्रियाकलाप प्रविधिमा आधारित भइसकेका छन् । उद्यम पनि अव प्रविधिमा आधारित नभई सुखै छैन । यसकारण हामीले प्रविधिमा आधारित उद्यमलाई प्रबर्धन गरेका हौँ ।’ उनले अगाडि भने, ‘हामीले अवसर दिएका उद्यमीहरु थप कामका लागि उत्साहित भएको पाएको छु । यसबाट स्थानीय स्रोत साधनको उच्च उपयोग गर्दै उत्पादन प्राप्त हुन सक्ने देखिएको छ ।’

असोज ३० गते राष्ट्रिय सभा गृहमा नवीन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी भइसकेको छ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले सोचकर्तालाई प्रदर्शनीबाट उद्यम विकासका लागि उत्प्रेरित गरेको बताइन् ।  स्टलहरुबाट दैनिक ६० हजार रुपैयाँसम्मको व्यापार भएको छ । यो सुखद सुरुवात भएको उनको भनाइ छ। 

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको  सिप तथा ज्ञान अभिवृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप