एसीसी महिला प्रिमियर कप क्रिकेट : आज नेपाल र मालदिभ्स भिड्दै
मङ्गलबार, ०१ फागुन २०८०, ०८ : ३८
काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेटमा आफ्नो तेस्रो खेलमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको क्वालालाम्पुरमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।
उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली भट्ट र अस्मिना कर्माचार्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण