केएल राहुल पनि तेस्रो टेस्टबाट बाहिरिए
मङ्गलबार, ०१ फागुन २०८०, १२ : २१
राजकोट । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान केएल राहुल फिटनेस समस्याका कारण इंग्ल्याण्डविरुद्धको राजकोटमा हुने तेस्रो टेस्टबाट बाहिरिएका छन् । यो टेष्ट म्याच १५ फेब्रुअरीबाट सुरु हुँदैछ ।
उनको स्थानमा देवदत्त पडिक्कललाई टोलीमा समावेश गरिएको छ । बीसीसीआईले सोमबार यसको औपचारिक घोषणा गरेको हो । बीसीसीआईले केएल राहुल हाल ९० प्रतिशत म्याच फिटनेसमा पुगेको बताएको छ ।
उनले बीसीसीआईको मेडिकल निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् । राहुल अहिले बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा पुनर्वासमा छन् । पहिलो टेस्टपछि केएल राहुलले तिघ्रामा दुखेको गुनासो गरे ।
पहिलो टेस्टमा चोट लागेपछि राहुलले दोस्रो टेस्ट खेल्न पाएनन् । पहिलो टेष्टमा भारत २८ रनले पराजित भएको थियो भने दोस्रो टेस्टमा भारतीय टोली विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण