सम्पूर्ण वामपन्थी शक्तिहरूलाई फेरि एक ठाउँमा ल्याउन माओवादीले पहल गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन माओवादी केन्द्रले पहल गर्नुपर्ने बताएका छन् । मंगलबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले समाजको बाटो तय गर्न वामपन्थीहरुको एकतालाई जोड दिनुपर्ने बताएका छन् ।
माओवादीले जनयुद्ध गरेर अहिलेको अवस्था सिर्जना गरेको बताउँदै अव शान्तिपूर्ण रूपमा समाजवादको आधारशिला तय गर्नुपर्ने बताए । श्रेष्ठले भने, ‘अब समाजवादका लागि नयाँ ढङ्गले वामपन्थी साथीहरूलाई लिएर एउटा केन्द्र बनाउने र हामीले सामाजिक राजनीतिक एकीकरणको प्रक्रियालाई सामाजिक न्यायसहितको समृद्धिको बाटोमा लगेर सामाजवादको आधार तयार पार्ने नेतृत्व पार्टी अध्यक्षबाट भयो, त्यो अभियान टुटफुट भए पनि हामीले के कुरा गलत रूपमा बुझ्नुहुँदैन भने त्यो पहलकदमी ऐतिहासिक थियो । त्यसको समीक्षा हामी विभिन्न ठाउँमा गरौँला ।’
अहिले राष्ट्रका लागि ४ वटा कार्यभार रहेको बताउँदै उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्नु र राष्ट्रियतालाई बलियो बनाउनु पहिलो कार्यभार रहेको बताए । सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनु, यसमाथि भइरहेको आक्रमणलाई रोक्नु दोस्रो कार्यभार, सामाजिक आर्थिक विकास गर्दै मुलुकलाई समृद्ध बनाउनु अर्को कार्यभार रहेको उल्लेख गरे । उनले राजनीतिक लक्ष र जनताको अपेक्षा अनुसारको विकासका काम नभएको बताउँदै अबको कार्यभार भनेको समृद्धिको यात्रालाई अघि बढाउन क्रमभङ्ग गरेर जनताका शिक्षा, स्वास्थ्य, रोजगार, बाटाघाटा, सञ्चार लगायतका आवश्यकता पूरा गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण