शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्चैया नगरपालिका तोडफोडको घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग

मङ्गलबार, ०१ फागुन २०८०, १५ : २८
मङ्गलबार, ०१ फागुन २०८०

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरूलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेको छ । पालिकामा तोडफोड घटना भएको तीन दिन बितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरू सशङ्कित भएको भन्दै यादवले उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर यादवले बिना कारण गुण्डा शैलीमा प्रशासनकै अगाडी पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबै खालको प्रयास भइरहेको बताए । उनले भने, ‘हामी यस प्रकारको गुण्डा शैलीको घोर भर्त्सना गर्दछौँ । घटनामा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन माग पनि गर्दछौँ । तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई सशङ्कित बनाएको छ ।

Videoshot_20240213_115746

शङ्काकै बिच पनि आफूले न्यायको आशा गरेको मेयर यादवले बताए । उनले भने, ‘उहाँहरू आफै पनि घाइते हुनुभएको छ । दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौँ ।’

मिर्चैया नगरपालिका–३ का खगेश्वर गोहिवार यादवसहित ३०/४० जनाको समूहले ढुङ्गामुढा गरी कार्यालयमा क्षति पुर्‍याएको नगरपालिकाले आरोप लगाएको छ । गोहीवार वडा अध्यक्ष पवित्री देवी यादवका श्रीमान् हुन् ।

गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरूलाई दुर्व्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ । उनले वडा कार्यालयका सबै कागजातहरू कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरूले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमुख विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरूको उपस्थिति रहेको थियो । उनीहरूले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप