मिर्चैया नगरपालिका तोडफोडको घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग
सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरूलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेको छ । पालिकामा तोडफोड घटना भएको तीन दिन बितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरू सशङ्कित भएको भन्दै यादवले उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मेयर यादवले बिना कारण गुण्डा शैलीमा प्रशासनकै अगाडी पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबै खालको प्रयास भइरहेको बताए । उनले भने, ‘हामी यस प्रकारको गुण्डा शैलीको घोर भर्त्सना गर्दछौँ । घटनामा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन माग पनि गर्दछौँ । तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई सशङ्कित बनाएको छ ।

शङ्काकै बिच पनि आफूले न्यायको आशा गरेको मेयर यादवले बताए । उनले भने, ‘उहाँहरू आफै पनि घाइते हुनुभएको छ । दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौँ ।’
मिर्चैया नगरपालिका–३ का खगेश्वर गोहिवार यादवसहित ३०/४० जनाको समूहले ढुङ्गामुढा गरी कार्यालयमा क्षति पुर्याएको नगरपालिकाले आरोप लगाएको छ । गोहीवार वडा अध्यक्ष पवित्री देवी यादवका श्रीमान् हुन् ।
गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरूलाई दुर्व्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ । उनले वडा कार्यालयका सबै कागजातहरू कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरूले पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमुख विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरूको उपस्थिति रहेको थियो । उनीहरूले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण