एमाले केन्द्रीय समिति बैठक फागुन ८–१० मा
काठमाडौँ । नेकपा एमालेले फागुन ८, ९ र १० गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाउने भएको छ । अनौपचारिक रुपमा नेताहरुबिच फागुन ८ देखि १० मा केन्द्रीय समिति बैठक बोलाउने सहमति भएपनि औपचारिक रुपमा भने सचिवालय बैठक बसेर मिति घोषणा गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रमुख गौतमकाअनुसार बैठकमा झुलाघाट–चिवाभन्ज्याङ यात्राको समीक्षाका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा विश्लेषण हुनेछ । साथै बैठकमा २०८१ सालमा पार्टी शुद्धीकरण र सुदृढिकरण अभियान चलाउने यसअघिको घोषणाको कार्यान्वयन पक्षमा गर्नुपर्ने काम र तयारी तथा पार्टीको आन्तरिक सांगठानिक व्यवस्थापनको कार्यविधिमाथि छलफल गर्ने एमाले तयारी छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे प्रतिवेदन पेस गर्नेछन् भने प्रदेश अध्यक्षहरुले प्रादेशिक रिपोर्ट पेस गर्नेछन् ।
एमाले विधान अनुसार ६/६ महिनामा केन्द्रीय समितिको नियमित बैठक बस्नुपर्ने भएकाले सोही अनुसार बैठक बस्न लागेको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठको भनाइ छ । नेता श्रेष्ठले केन्द्रीय समिति बैठकपछि एमाले शक्तिसहित बाहिर आउने बताए ।
‘पछिल्लो राजनीतिक अवस्थाको बैठकमा विश्लेषण गरेर शक्तिसहित एमाले बाहिर आउँछ’, श्रेष्ठले भने, ‘वर्तमान गठबन्धन सरकार नालायक भइसकेकाले सरकारको विकल्पबारे पार्टीले ठोस धारणा तय गर्छ ।’ यसअघि नेकपा एमाले नेताहरुले फागुन पहिलो साताबाटै सरकार विरोधी आन्दोलन चर्काउने बताउँदै आएका थिए । पछिल्लो समय एमालेमाथि सत्तापक्षसँग भागबण्डा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण