तिम्रो जनयुद्ध र मेरो जनयुद्ध
म अस्पतालको बेडमा औषधी नपाई छटपटाउँछु
गरिबी, भोक र अभावमा रुँदै दिन कटाउँछु
तिमी माला लगाउँदै, चौरासी व्यञ्जन खाँदै
चिल्ला गाडीमा हात हल्लाएर हिँड्छौ
त्यसैले लाग्छ, तिम्रो र मेरो जनयुद्ध अलग हो
म एक जोर सर्ट पाइन्टमा पुषमाघको जाडो काट्छु
वैशाख र जेठको गर्मीमा पनि त्यसैले आङ ढाक्छु
तिमी हप्तामै १० जोर कपडा फेर्छौ
टिनका सस्ता छाप्रामा हामी कोठा खोज्दै गर्दा
तिमी महलहरूमा पकवान खाँदै हुन्छौ
टाउको दुख्दा अमेरिका धाउँछौ तिमी
जबकि ज्यानभित्रका जनयुद्धका छर्रा मलाई दुख्छ
जमिनदारको खेत र घरमा काम गरेर
मलाई जसोतसो पाल्न समर्थ छिन् मेरी जहान
कमरेड हजुरका पत्नी र प्रेमीहरू पार्लर जान्छन्
खानै खानसमेत क्याफे र रिसोर्ट जान्छन्
मेरो जुत्ताको पिँध फुटेका छन् पटपटी
त्यसकै सिर्जना हो यो छटपटी
यसरी हेर्दा तिम्रो चार वर्षे यात्रा
मेरो जुत्ताले एक याममै तय गर्छ
मलाई गाह्रो भयो एक मुठी सास जोगाउन
तिमीलाई गाह्रो होला कतै सम्पत्ति लुकाउन
तिम्रो जनयुद्ध अर्कै खेतीमा बदलियो
मेरो जनयुद्धको घाउ निरन्तर बल्झी रह्यो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण