गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप

काठमाडौँ । ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् ।
एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट शिवरामले चोरी गरेको आरोप लगाएकी हुन् । मोहन सिंहको स्वर रहेको उक्त गीत लेख्ने पनि उनै हुन् ।
‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु...’ भन्ने शब्दावली मोहन सिंहको गीतमा सुनिन्छ भने विश्वरामको गीतमा ‘धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु’, सुनिन्छ भने लय पनि उस्तैउस्तै सुनिन्छ ।
एलिनाले यो विषय सार्वजनिक गरेपछि समर्थकहरुले विभिन्न कमेन्टमा टीकाटिप्पणी गरेका छन् । कतिपयले यसबारे अनावश्यक झगडा गर्न नहुने भनेका छन् भने कतिपयले पोल खुल्ने क्रम जारी रहेको टिप्पणी गरेका छन् ।
यो विषयमा गायक कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्द र एलिनाको आवाजमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख गरेका थिए ।
आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताउँदै आएका थिए । तर रायमाझीको कुरासँग गायक कार्कीले असहमति जनाउँदै आएका थिए ।
कार्कीले विरोध गरेको गीतमा गायिका एलिनाको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न