सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाउने

बुधबार, ०२ फागुन २०८०, १५ : २९
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ । साथै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा आन्दोलन परिचालन समितिको संयोजक उपाध्यक्ष डा.धवल शमशेर राणा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप