अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार
काबुल । विगत दुई वर्षमा अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार आएको अफगान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । उनले महिलाहरूलाई स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर पनि प्रदान गरिएको दाबी गरे ।
अफगानिस्तानमा तालिबान नेतृत्वमा सरकार गठन भएपछि हजारौँ किशोरी तथा महिला कामदारहरूलाई त्यहाँको इस्लाम कानूनको हवाला दिँदै रोजगारीबाट बञ्चित पारिएको स्थानीय महिला अधिकारकर्मी तथा मानवअधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय सङ्घ संगठनहरूले बताउँदै आएका छन् ।
टोलो न्यूजले बुधबार मुजाहिदलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार विगतको तुलनामा स्वास्थ्य गतिविधिहरू बढेका छन् । केन्द्र तथा प्रान्तका अस्पतालहरू व्यवस्थित भएका छन् । समयमै औषधि उपचारहरू उपलब्ध भइरहेका छन् ।
मुजाहिदले युद्धबाट तहस नहस बनेको अफगानिस्तानमा स्वास्थ्य क्षेत्रको अवस्था बिग्रँदै गएको रिपोर्ट आइरहेको समयमा समाचारहको खण्डन गर्दै उक्त दाबी गरेका हुन् ।
यसैबिच, अफगान अन्तरिम सरकारले देशमा थप अस्पताल र स्वास्थ्य क्लिनिकहरू निर्माण गरेर स्वास्थ्य क्षेत्रमा थप सुधार गर्ने प्रतिबद्धता अनुसार काम गरिरहेको उनले बताए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण