सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णालीमा ७ महिनामा  ३५ जना गर्भवती तथा सुत्केरीको हवाइ उद्धार

बिहीबार, ०३ फागुन २०८०, ०७ : ५७
बिहीबार, ०३ फागुन २०८०

सुर्खेत । अन्य प्रदेशका तुलनामा कर्णालीमा भौगोलिक विकटता छ । ठुलो विकट भूगोल, छरिएका बस्तीहरु, सबै नागरिकहरुले सहज रुपमा आधारभूत स्वास्थ्य सेवा पाउन कठिन छ । अझैपनि दुर्गम गाउँमा स्वास्थ्य सेवा पुग्न सकिरहेको छैन । अझ यहाँका सुत्केरी तथा गर्भवती महिलाहरुले निकै जटिलता भोग्नु परिरहेको चिकित्सकहरु बताउँछन् ।

गाउँ–गाउँमा बर्थिङ सेन्टरहरु खुलेपनि सबै बस्तीका सुत्केरी तथा गर्भवती महिलाहरु समयमा पुग्न सक्ने अवस्था रहन्न । भौगोलिक विकटताका कारण समयमा उद्धार हुन सक्ने अवस्था छैन ।

नजिक मानिएका बर्थिङ सेन्टर, स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा शल्यक्रियासहिको प्रसुति सेवा प्रयाप्त मात्रामा छैनन् । गाउँमा विशेषज्ञ चिकित्सक तथा पर्याप्त पूर्वाधार अभाव लगायतका यावत कारण दुर्गममा भरपर्दो प्रसुति सुविधा छैन । जसका कारण जिल्लामा गम्भिर अवस्थाका सुत्केरी तथा गर्भवती महिलाहरुको ज्यान जाने खतरा पनि उत्तिकै छ । यद्यपि राष्ट्रपति महिला उत्थान कार्यक्रमले भने कर्णालीका सुत्केरी तथा गर्भवती महिलाहरुलाई भरोसा दिइरहेको छ ।

०७८ साउनको महिना । बर्खाको समय, गाउँमा भएका बाटाघाटाहरुमा गाडी चल्ने अवस्था थिएन । हिमाली जिल्ला डोल्पाको ठुलो भेरी नगरपालिका–४, की अमृता बुढालाई बेथा लागेको धेरै समय बित्दा पनि बच्चा जन्मिन सकेन । नजिकै गाउँमा स्वास्थ्य संस्था तथा जिल्ला अूपतालमा पििन प्रसुति सेवा थिएन । ज्यान जोखिममा पर्ने देखिएपछि परिवारले वडा कार्यालयमा खबर गरे । वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा अनुरोध ग¥यो । लगत्तै प्रशासनले उद्दारका लागि हेलिकप्टोर झिकायो । नेपाली सेनाको हेलिकोप्टरले बेथा लागेको १८ घण्टापछि राजधानी वीरेन्द्रनगरको प्रदेश अस्पताला पु¥यो ।

आमा र बच्चा दुबैको ज्यान जोगियो । यो एउटा उदारण मात्रै हो, निःशुल्क हवाई उद्धार कार्यक्रम सुरु भएयता कर्णालीका थुप्रै सुत्केरी तथा गर्भवती महिलाहरुको ज्यान बचेको छ । कर्णालीका लागि यो कार्यक्रम बरदान सावित भएको छ । श्री उत्तर पश्चिम पृतना हेडक्वाटर नेमारे ब्यारेक सुर्खेतका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भए पश्चात् २०७६ सालयता ३०५ जना सुत्केरी महिलाहरुलाई उद्धार गरिएको छ । चालु आर्थिक बर्षको साउन महिनादेखि अहिलेसम्म मात्रै ३५ जना सुत्केरी महिलाहरुको उद्धार भएको पृतनापति, उपरथी कृष्णदेव भट्टले जानकारी दिए ।

माघसम्म डोल्पाबाट मात्रै ११ जना सुत्केरीको उद्धार भएको छ । यस्तै हुम्लाबाट दुई, कालिकोटबाट चार, जाजरकोटबाट तीन, रुकुम पश्चिमबाट दुई, बझाङबाट १, डोटी १, बाजुरा ९ र अछामबाट दुई जना सुत्केरी महिलाहरुको उद्धार भएको छ ।

वीरेन्द्रनगर स्थित पश्चिम एयर वेशद्वारा कर्णाली, सुदुर पश्चिम तथा लुम्बिनी प्रदेश अन्तर्गतका विकट स्थानहरुबाट प्रसुती स्वास्थ्यमा जटिलता आएका सुत्केरीहरुलाई हेलिकप्टर मार्फत उद्धार कार्य भइरहेको छ । पृतनापति भट्टका अनुसार उद्धार गरिएका महिलाहरुलाई प्रसुति सेवा उपलब्ध भएका सुर्खेत÷नेपालगंजमा रहेका स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुसम्म पुर्याउने काम भइरहेको छ । निशुल्क हवाई उद्धार कर्णालीका लागि बरदान नै भएको छ भन्दा फरक पर्दैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका महाशाखाकी प्रमुख अनिता ज्ञवाली हवाई उद्धारले दुर्गमका महिलाहरुलाई भरोसा दिएको उनी बताउँछिन् ।

उनको बुझाइमा सुत्केरी अवस्था भनेको युद्धमा गएको सिपाई जस्तै हो, त्यो कतिबेला, कस्तो जटिलता आउँछ, ऊ बाँच्छ÷बाँच्दैन भन्ने प्रतिकुल अवस्था हो । कर्णालीमा भौगोलिक जटिलता छ, सबै ठाउँमा स्वास्थ्यको पहुँच पुगिसकेको छैन । जटिलतालाई सम्बोधन गर्ने हाम्रो संरचनागत व्यवस्थाहरु त्यहाँसम्म पुगाउन सकिएको अवस्था पनि छैन । स्टक्चर र दक्ष जनशक्ति सबै ठाउँमा छैन । त्यस्तो अवस्थामा सरकारले हामी छौँ है भनेर उभिन निकै राम्रो कुरा हो ।

ज्ञवाली भन्छिन्, ‘दुर्गम अनकन्टारमा बस्नुहुन्छ त्यस्तो अवस्थामा पनि गर्भवती हुनु भनेको उहाँहरुको आँट, भरोसा र साहस हो । हवाई उद्धार नभैदिएको भए अझ दुर्गमका गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जान्थ्यो । यो निकै प्रभावकारी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप