गरिमा म्युचूअल फन्डका लागि धितोपत्र बोर्डमा आवेदन
काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ का लागि धितोपत्र बोर्डमा आवेदन परेको छ ।
कम्पनीको प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्नका लागि माघ २८ गते बोर्डमा आवेदन दिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण