शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

बिहीबार, ०३ फागुन २०८०, १३ : ४६
बिहीबार, ०३ फागुन २०८०

काठमाडौं । तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको ब्यास नगरपालिका-१३ जबारी टोल बस्ने धादिङ घर भएका ७७ वर्षीय कर्साङ लामा तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    
यसैगरी गोरखाको गण्डकी गाउँपालिका-६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव बुधबार फेला परेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप