दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्न बैठक आह्वान
दाङ । लुम्बिनी प्रदेश सरकारले बढ्दो दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्नका लागि बैठक बोलाएको छ । दुर्घटना रोकथाम र न्यूनीकरणका लागि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, ट्राफिक प्रमुख, १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संघ तथा संस्थाको संयुक्त बैठक फागुन १४ गतेका लागि मन्त्रालयमा आह्वान गरिएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले जानकारी दिए ।
संयुक्त बैठकपछि दुर्घटनाप्रति लुम्बिनी मन्त्रालयको तर्फबाट दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिइने उनको भनाइ छ ।
बिहीबार महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिक दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।
राणाले घाइतेको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । सडक दुर्घटनाप्रति लुम्बिनी प्रदेश सरकार गम्भीर भएर सरोकारवालाको बैठक बोलाइएको राणाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण