आयोगले बुझायो बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदन
काठमाडौँ । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे जाँचबुझ प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
फागुन १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया शाखामा फारम भर्ने विषयमा विवाद भएपछि परीक्षार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको थियो । प्रहरीको दमनबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतले ज्यान गुमाएका हुन् ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले फागुन १६ मा गठन गरेको आयोगको म्यादपछि १५ दिन थप गरिएको थियो ।
आयोगका पदाधिकारीले ४४ दिनमा प्रतिवेदन बुझाएका हुन् । आयोगले प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार र घाइते र घटनासँग सम्बन्धित सुरक्षा निकायका अधिकारी सहित २९ जनासँग बयान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण