मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
प्रतिवेदन

आयोगले बुझायो बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदन

शुक्रबार, ०४ फागुन २०८०, १७ : ५२
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे जाँचबुझ प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

फागुन १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया शाखामा फारम भर्ने विषयमा विवाद भएपछि परीक्षार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको थियो । प्रहरीको दमनबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतले ज्यान गुमाएका हुन् । 

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले फागुन १६ मा गठन गरेको आयोगको म्यादपछि १५ दिन थप गरिएको थियो ।

आयोगका पदाधिकारीले ४४ दिनमा प्रतिवेदन बुझाएका हुन् ।  आयोगले प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार र घाइते र घटनासँग सम्बन्धित सुरक्षा निकायका अधिकारी सहित २९ जनासँग बयान लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप