जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति
शनिबार, ०५ फागुन २०८०, ०९ : ५३
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो ।
चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम खाजा घर एण्ड रेस्टुरेन्ट’ बन्द गरेर शाहीले फर्निचर स्टोर गरेर राखेको प्रहरी वृत्त नयाँ बानेश्वरका एजकना अधिकृतले बताए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण