बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राजधानीको जडीबुटीमा भीषण आगलागी, सुरक्षाकर्मी र दमकल परिचालन

शुक्रबार, ०४ फागुन २०८०, २१ : ०१
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । काठमाडौँका जडीबुटीमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो । 

मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ । 

यद्यपि आगलागी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो के कारणले लाग्न पुग्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप