मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
प्रहरी समायोजन प्रक्रिया

प्रहरी समायोजन अघि बढाउन सहसचिवको नेतृत्वमा समिति गठन

शनिबार, ०५ फागुन २०८०, ११ : ५०
शनिबार, ०५ फागुन २०८०

काठमाडौं । प्रहरी समायोजन अघि बढाउन गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् । मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहनेगरी पाँच सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

प्रशासन माहाशाखामा हाल महाशाखा प्रमुख तोकिएका छैनन् । महाशाखा प्रमुख कसलाई राख्ने भन्नेबारे निर्णय हुनुअघि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासन पनि हेरिरहेका छन् । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन सुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निरन्तर काम भइरहेको मन्त्रालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप