प्रहरी समायोजन अघि बढाउन सहसचिवको नेतृत्वमा समिति गठन
काठमाडौं । प्रहरी समायोजन अघि बढाउन गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् । मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहनेगरी पाँच सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
प्रशासन माहाशाखामा हाल महाशाखा प्रमुख तोकिएका छैनन् । महाशाखा प्रमुख कसलाई राख्ने भन्नेबारे निर्णय हुनुअघि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासन पनि हेरिरहेका छन् । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन सुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निरन्तर काम भइरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण