मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

सातामा १४ सयले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

शनिबार, ०५ फागुन २०८०, २० : २७
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल चाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार १४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसबाहेक, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ छ । यो साताको आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यसपछि, सोमबार सोही मूल्यमा कारोबार भए पनि मङ्गलवार ३०० र बुधवार १२ सय रुपैयाँले घटेको थियो । बिहीबार सोही मूल्यमा कारोबार भए पनि शुक्रवार ६०० रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँको वृद्धि आएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १४ सय १० रुपैयाँमा आइपुगेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप