सातामा १४ सयले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल चाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवार १४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको हो ।
यसबाहेक, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ छ । यो साताको आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यसपछि, सोमबार सोही मूल्यमा कारोबार भए पनि मङ्गलवार ३०० र बुधवार १२ सय रुपैयाँले घटेको थियो । बिहीबार सोही मूल्यमा कारोबार भए पनि शुक्रवार ६०० रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँको वृद्धि आएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १४ सय १० रुपैयाँमा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण