कास्कीका एसपी मोहन थापा पुरस्कृत
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारकाले प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा थापालाई उत्कृष्ट इन्चार्जको घोषणा गर्दै पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् । थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् । कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको गण्डकी प्रदेश सरकारको मूल्याङ्कन छ ।
प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको छ ।
स्थापना दिवसको अवसरमा शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुबेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल र जवान उमेश बानियाँ पुरस्कृत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालेखा र सचिवबिच जुहारी, असार २ गतेदेखि लेखा समितिले फाइलसहित स्पष्टीकरण माग्ने
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण