सरकारले फागुन ८ गते १२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउने
आइतबार, ०६ फागुन २०८०, १० : ४६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन ८ गते १२ अर्ब रुपैयाँमाथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरीमार्फत केन्द्रीय बैंकले कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।
बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले फागुन ६ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने फागुन ८ हुनेछ ।
केन्द्रीय बैंकले यसअघि माघ २९ गते २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण