सम्बन्ध विच्छेदपछि राजनीतिमा आउँदै इशा देओल
नयाँ दिल्ली । भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री इशाले हालै मात्र भरत तख्तानीसँग ११ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । यो खबरले इशाका फ्यानहरुलाई निक्र ठुलो झट्का लागेको थियो । ठुली छोरीको घर बिग्रेपछि अभिनेता धर्मेन्द्र निकै दुःखी भएका थिए ।
यसैबिच अभिनेत्री हेमा मालिनीले भने छोरी इशाको भावी योजनाबारे कुराकानी गरेकी छिन् । आफ्नै दुवै छोरीहरू इशा र अहानालाई राजनीतिमा रुची भएको बलिउडकी ड्रिम गर्लले एबीपी न्यूजलाई दिएको अन्तरवर्तामा भनेकी थिइन् । इशा राजनीतिमा प्रवेशका लागि निकै इन्टरेस्टेड भएको अनि यो सब उनलाई मन पर्ने हेमाको भनाई थियो । ‘आउँदा वर्षहरूमा उसलाई ठीक लाग्यो भने उनी आवश्यक राजनीतिमा सामेल हुनेछिन् ।’ हेमाले भनिन् ।
आज आफूले राजनीतिज्ञको रुपमा काम गर्न सकिरहनुको कारण आफ्नो परिवारको साथ र सहयोग भएको उनले बताएकी छिन् । धर्मेन्द्र नेतागिरीमा आफूलाई निकै सहयोग गरेको उनले बताइन् । ‘मेरो परिवार हरहमेशा मेरो साथ मै रह्यो । परिवारको कारणले नै मैले यो सबै गर्न सकेकी हुँ ।’ हेमाको भनाई छ । हेमा लामो समयदेखि राजनीतिमा छिन् । उनको जेठी छोरी कहिले राजनीतिमा आउँछिन् यो चाँहि हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण