संसद बैठक
संसदमा उठ्यो डीडीसीले किसानलाई ८५ करोड नदिएको विषय
आइतबार, ०६ फागुन २०८०, १४ : ००
काठमाडौँ । प्रतिनिधिसभा सदस्य नागिना यादवले डीडीसीले किसानले बिक्री गरेको दुधको ८५ करोड भुक्तानी नगरेको विषय संसदमा उठाएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्– ‘यो कस्तो मुलुक होला, एकातिर हामी कृषिप्रधान देश भनेर भन्छौँ, अर्कोतिर विभिन्न हिसाबले हामी किसानलाई नै निरुत्साहित गरिरहेका हुन्छौँ । जस्तो विभिन्न हिसाबले किसानलाई दुधको भूक्तानी नदिनु, रासायनिक मलको व्यवस्था नगर्नु यो कस्तो अवस्था हो ? कि सरकारको नियत नै ठीक नभएको हो ? काम गर्ने भन्छौँ तर हामी नियतचाहीँ सफा राख्दैनौँ ।’
उनले यस्ता समस्या छिटो निराकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण