काठमाडौँसहित देशका विभिन्न स्थानमा ३ जना मृत फेला
आइतबार, ०६ फागुन २०८०, १२ : ५४
काठमाडौँ । संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका(२२ शंकटा डेरा गरी बस्ने सोही महानगरपालिका-१८ नरदेवी घर भएका ५४ वर्षीय जय सागर कक्षपति आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
उता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ कोदारी बस्ने ७० वर्षीय मान बहादुर पहरी सोही ठाउँस्थित च्याने भन्ने स्थानमा शनिबार मृत अवस्थामा फेला परेका छन् । मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यस्तै दार्चुला, महाकाली नगरपालिका-८ असिगडास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण