शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित देशका विभिन्न स्थानमा ३ जना मृत फेला

आइतबार, ०६ फागुन २०८०, १२ : ५४
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका(२२ शंकटा डेरा गरी बस्ने सोही महानगरपालिका-१८ नरदेवी घर भएका ५४ वर्षीय जय सागर कक्षपति आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । 

उता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ कोदारी बस्ने ७० वर्षीय मान बहादुर पहरी सोही ठाउँस्थित च्याने भन्ने स्थानमा शनिबार मृत अवस्थामा फेला परेका छन् । मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

त्यस्तै दार्चुला, महाकाली नगरपालिका-८ असिगडास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप