शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालको फार्मेसीमा छैन स्वास्थ्य बीमामा समावेश भएका आधा औषधि

आइतबार, ०६ फागुन २०८०, १९ : ०५
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । वीर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका आधा औषधि नरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका सर्जिकल सामान र सर्जरी गर्दा आवश्यक पर्ने औषधीहरूमध्ये आधाआधी औषधीहरू मात्र उपलब्ध रहेको, म्याद नाघेका औषधीको नियमानुसारको भण्डारण नभएको, अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधी उपलब्ध नरहेको पाइएको हो । 

सरकारी अस्पतालहरूको फार्मेसीमा स्वास्थ्य बीमा, क्यान्सर, कडा रोग ठुलो शल्यक्रियाहरूको औषधी नराखी निजी फार्मेसीहरूमा किन्न बाध्य बनाउने गरेको र निजी फार्मेसीहरूले बिरामीहरूलाई दर्ता नभएका र कम गुणस्तरका औषधीहरू बेच्ने गरेको मन्त्रालयले जनाएको छ । यसले बिरामीको स्वास्थ्यमा असर पर्नुका साथै आर्थिक बोझ समेत बढ्न गएको गुनासो मन्त्रालयमा परेको छ । 

यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताउँदै औषधी व्यवस्था विभागलाई यस सम्बन्धमा तत्काल आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ ।

press

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप