समाचार
त्रिवि उपकुलपतिका लागि अन्तर्वार्ता सकियो
आइतबार, ०६ फागुन २०८०, १९ : ५२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता भर्खरै सकिएको हो।
अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ। बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।
सिफारिस गरिएका तीन जनाको नाम लिएर शिक्षामन्त्री अशोककुमार राई कुलपति तथा प्रधानमन्त्रीलाई भेट्न जाने समिति स्रोतले जनायो । कुलपति तथा प्रधानमन्त्रीले सम्भव भएसम्म आजै त्रिविको २० औँ उपकुलपति नियुक्त गर्नेछन्।
उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो। भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो। त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण