सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सोमबार, ०७ फागुन २०८०, ११ : ३५
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।
हिजो आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । गत साताको शुक्रबारको तुलनामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको थियो । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण